Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १२ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।

जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो ।

खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ४४ औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीको स्थितिमा पुगेको थियो । त्यसपछि ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाईन् ।

१२ औं संस्करण जारी रहँदा जर्मनी नवौं पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राति हुनेछ ।

यसअघि इंग्ल्यान्डले स्विडेनलाई ४–० ले पराजित गर्दै महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४