Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैधानिक व्यवस्था अनुसारनै उपसभामुख निर्वाचन भयो : पूर्वसभामुख घर्ती


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३१ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार उपसभामुखमा कांग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाइ राख्नुभएको हो ।

प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा भुसाल निर्वाचित हुनुभएको बताउनुभयो ।

सांसद घर्तीले नवनिर्वाचित उपसभामुख भुसालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४