
बिगत ३ बर्षदेखि अभिनय क्षेत्रमा हात हालेका मोडल सौगात क्षेत्रि यतिबेला सामाजिक कार्यमा सक्रिय सक्रिय छन् । करिव आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले यतिबेला ” YATHARTHA TV ” का केहि official अनि cover video हरु निर्देशन समेत गरिसकेका छन् ।
बैसाख २९ गते जन्मोत्सवको अवशर पारेर मोडल तथा निर्देशक क्षेत्रिले एउटा ” टेलिफिल्म” घोषणा समेत गरेका छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय अनि निर्देशन गरिसकेका सौगात स्वयम आफैले यो टेलिफिल्म निर्देशन गर्ने कुरा समेत बताए । पुरुष तर्फमा HELP FOR HAPPINESS ( HFH ) का सँस्थापक सामाजिक अभियान्ता ” नविन तिवारि ” ले प्रमुख भुमिका निर्वाह गर्नेकुरा समेत बताए । महिला पात्र अहिले टुङ्गो नलागेकाले केहि दिनमै नाम सार्वजनिक गर्ने समेत खुलासा गरे । सामाजसेविहरु के कस्तो कारणले समाजसेवाको रुपमा लागिरहेका छन भन्ने कुरा नै फिल्मको मुल कथा हो । उक्त फिल्ममा पुरुष मुल पात्र डक्टर र महिला मुल पात्र अपाङ्गको भुमिकामा देखिनेछन् । यि दुइ पात्रहरुको प्रेम जिवन अनि पैशाले प्रेममा ल्याएको ग्यापलाइ देखाइने छ । ” नेपालकै इतिहासमा एक छुट्टै बास्तविकता लिएर टेलिफिल्म बनाउन लागेको कुरा निर्देशक सौगात क्षेत्रि बताउँछन ।
उक्त टेलिफिल्मको छायाँकन जेष्ठ १० गतेदेखि चितवन जिल्लामै गरिने र यसलाइ एउटा जनचेतनाको अभियान बनाएर हिड्ने कुरा HFH का founder नविन तिवारिले वताए ।
हामिले सासाजिक निकायहरु सबै अपाङ्गमैत्रि हुनुपर्छ भन्ने कुरा visually अभियान मार्फत नयाँ सैलिमा ल्याउदैछौ । यस टेलिफिल्मको निश्कर्ष नै ” अपाङ्गमैत्रि छेत्रहरु ” निर्माण हुन पर्छ , उनिहरुको क्षमताको कदर हुन पर्छ र समाजमा उनिहरु पनि आममान्छे जसरि बाँच्न पाउन पर्छ भन्ने हो ।
HELP FOR HAPPINESS ( HFH ) ले निर्माण गर्ने उक्त टेलिफिल्म एउटा अभियान हो र देशैभरि यो अभियान चलाइने छ । हामिले चितवनको ठाँउहरु समेत टेलिफिल्मको दृष्य बनाएर देशबिदेश सम्म यसबारे जानकारि समेत दिने छौ । पर्यटक तथा यस्ता ठाउँको बिकाश गर्नुपर्ने कुरामा समेत परिवर्तन ल्याउन मदत हुनेछ ।