Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवादपछि अभिनेत्री रिया चक्रवर्तीले पहिलो फिल्म खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २४ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्ती छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना रहेको छ ।

हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए । साथै उनले रियाको करियर बिना दोष नै बर्बाद भएको पनि बताए । राणाले भने, ‘फिल्मका लागि रियाका म्यानेजरसँग सम्पर्कमा छु, तर उनले अहिलेसम्म निर्णय गरेका छैनन् । हामीसँग स्क्रिप्ट तयार छ र यसमा रिया मुख्य अभिनेत्रीको रूपमा फिट हुन्छिन् ।’

रिया राम्रो बंगाली बोल्छिन् र यदि उनले यो फिल्म हुन्छ भने, ‘यो उनको करियरको लागि राम्रो हुनेछ। राणाले थपे, पछिल्ला केही वर्षमा उनले धेरै समस्या भोगेकी छिन् र अझै पनि मुम्बईमा फिल्म पाइरहेकी छैनन् ।’

सन् २०१३ मा बलिउड फिल्म ‘मेरे डैड की मारुति’ पाइला राखेकी रियाले ‘जलेबी’ पछि रिया मिस्ट्री थ्रिलर ‘चेहरे’ मा मात्र देखिएकी थिइन् । २०२१ मा रिलिज भएको यो फिल्ममा उनी बाहेक अमिताभ बच्चन, इमरान हाश्मी र सिद्धान्त कपूर पनि मुख्य भूमिकामा थिए ।

रियाका प्रेमी सुशान्त सिंह राजपुतको १४ जुन २०२० मा मुम्बईमा निधन भयो। त्यसबेलादेखि एनसीबी लागूऔषध मुद्दामा अनुसन्धान थालिएको थियो र रिया चक्रवर्तीलाई सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो । झण्डै एक महिना जेल बसेपछि रियाले मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४