Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्पतीको लागि बिहेको नाटक बिहे पछि सम्पती आफ्नो नाममा जापान गएर सम्पर्क बिहिन महिला पक्राउ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 40.7K
    SHARES

©देब बोहोरा

काठमाडौँ / सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङ गत साता पक्राउ परेकी हुन ।

आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पति फुर्वा मोक्तानले उनी विरुद्ध उजूरी दिएका थिए। मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको हो ।

झन्डै डेढ करोड नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएकी भावनाको बारेमा पतिले परराष्ट्र मन्त्रालय, विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि भावना नेपाल फर्किएकी थिइन ।

ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । भावनाले रौतहटको चपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा मुक्तानसँग विवाह गरेकी थिइन् । विवाहपछि फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ।

सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाको आरोप छ । भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भएमा जरिवानासहित १० वर्षसम्म जेल जान सक्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४