Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १३ २०७९
  • 9.8K
    SHARES

काठमाडौं । यही जेठ १३ गतेदेखि नेपालमा प्रर्दशनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गर्न लागिएको छ ।

फिल्मलाई भारतका १५ शहरमा असार २ गतेदेखि प्रर्दशन गरिने भएको हो । मंगलबार सिलुगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा पनि फिल्म प्रदर्शनको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ सिलीगुडी पुगेका थिए ।

नेपालीहरू धेरै बसोबास गर्ने भारतका दार्जिलिङ, सिलिगुडी, गुवाहाटी, जस्ता १५ शहररूमा कबड्डी ४ लाई प्रर्दशनमा गर्न लागिएको हो । भकरतका यती धेरै शहरहरूमा एकैसाथ नेपाली फिल्म प्रर्दशन गर्न लागिएको यो पहिलो पटक हो । फिल्मलाई सुष्मा प्रोडक्सनले भारतमा प्रदर्शन गर्न लागेको हो । असार १ गते हुने फिल्मको भारत प्रिमियरमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको समूह त्यहाँ जाने भएका छन् ।

निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ लाई नेपाल, अष्ट्रेलिया, जापान जस्ता देशमा भने जेठ १३ गते शुक्रबारको दिन देखिनै प्रर्दशन गरिने छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भूमिका रहेको छ । फिल्मको कथालाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।
नेपालमा फिल्म ‘कबड्डी ४’ का लागि हलहरुमा अग्रिम टिकट बुकिङ भैरहेका छन् ।

‘कबड्डी ३’ लाई भारतमा ४८ लाख रुपैयाँमा बिक्री गरिएको थियो भने ‘कबड्डी ४’ लाई त्यो भन्दा बढी मूल्यमा बिक्री गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४