Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूलाई छोरा दाबी गर्ने दम्पतीविरुद्ध मानहानीको मुद्दा लगाउने घनुषको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ७ २०७९
  • 6.1K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषले आफूलाई छोरा दाबी गर्ने एक दम्पतीविरुद्ध मानहानीको मुद्दा लगाउने चेतावनी दिएका छन् ।

तमिलनाडुस्थित मदुरैका एक दम्पतीले धनुष आफ्नो छोरा भएको दाबी गर्दै पाँच वर्षअघि मुद्दा दायर गरेका थिए । दायर मुद्दाको सुनुवाइका लागि अदालतले धनुषलाई मद्रास उच्च अदालत बोलाएको थियो ।

अदालतमा उपस्थित भएका धनुषले ती दम्पत्तीलाई सूचना पठाउँदै आफ्नो बारेमा गलत, झुट र भ्रामक कुरा नगर्न आग्रह गरेका छन् । साथै उनले यो क्रम नरोकिए मानहानीको मुद्दाको लागि तयार रहन चेतानी दिएका हुन् ।

छोरा दाबी गर्ने दम्पत्तीले धनुष आफूहरूको तेस्रो सन्तान रहेको र फिल्म खेल्ने तीव्र इच्छाका कारण घरबाट भागेको बताएका छन् । यसअघिको मुद्दामा धनुषले गलत नमूना परीक्षण रिपोर्ट अदालतमा पेश गरेको उनीहरूको आरोप छ ।

गलत रिपोर्ट पेश गरिएकाले सन् २०२० मा अदालतले मुद्दा खारेज गरिदिएको उनीहरूको दाबी छ । उनीहरूले धनुषलाई आफ्नो छोरा भएको दाबी गर्दै पुनः मुद्दा दायर गरेका छन् । सोही मुद्दापछि धनुषले दम्पतीलाई चेतावनी दिएका हुन् ।

पेशागत र व्यक्तिगत जीवनका कारण धनुष बारम्बार चर्चामा आउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४