Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मियो : देउवा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २५ २०७९
  • 7.5K
    SHARES

पोखरा । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मिएको बताउनुभएको छ ।

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले ओलीको आतंकी शासनका कारण यो गठबन्धन जन्मिएको भन्दै इमानदारितापूर्वक मतदान गर्न आग्रह गर्नुभएको छ ।

सभापति देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आह्वान गर्नुभएको हो ।

सत्तासाझेदार पाँचदलीय गठबन्धनका शीर्षनेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जीत आवश्यक भएको बताएका छन् । उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन्, ‘देशमा विभिन्न परिवर्तन भए, ती सबै गठबन्धनकै एकतामा सफल भएको हुँदा अहिलेको चुनावमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनोस् ।’

उनीहरुले केपी शर्मा ओलीले दुई पटकसम्म संसद विघटन गरेर संविधान र लोकतन्त्र मास्न खोजेका कारण नै अहिलेको गठबन्धन बनेको र ३ तहको चुनावसम्म यो एकता कायम राख्न आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४