©नमुना दहाल कार्की
काठमाडौँ । यहि आगामी वैशाख ३० गते देश भरका सबै स्थानीय तहमा एकै साथ निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट जिरी नगरपालिका वडा न ३ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरि सकेका छन् ।
वडा अध्यक्ष पदका उमेदवार शेर्पा सबैको लोकप्रिय, शिक्षित, सरल व्यक्तित्व , हुन बोलिमा भन्दा काममा बिश्वास गर्ने ,समाजसेबी , बिकासप्रेमी, निडर, सहयोगी भवनाको छन् । शेर्पा आम जिरी बासिको चाहाना अनुसार फ़ेरि पनि जिरी नगरपालिका वडा न: ३ को वडा अध्यक्षको उम्मेदवार भएको शेर्पाले बताए । ऊनी जिरी वासिहरुको मनमा बसेका व्यक्तित्व हुन् । उनले आफुलाई सूर्य चिन्हमा मतदान गरेर आफुलाइ अत्यधिक मतले बिजय गराउन आग्रह गरेका छन् ।

यहि गाँउमा मेरो नयाँ सोच ,ज्ञान, र क्षमताको उपयोग गर्दै जिरी नगरपालिका वडा न: ३ लाई सुन्दर , व्यवस्थित र समृद्ध बनाउने सपनासहित जिरी नगरपालिका वडा न: ३ बाट वडा अध्यक्ष पदमा पुन उम्मेदवारी दिएको छु। सुन्दर, समृद्ध र व्यवस्थित नमुना गाउँ बनाउन नयाँ सोच, जोस र भिजन आवश्यकता छ । त्यसैले वडा अध्यक्ष पदको उम्मेदवार बन्दै गर्दा आफुभन्दा अग्रजहरुको विज्ञता , अनुभवीहरुको ज्ञान, सल्लाह,सुझाव युवाहरूको नयाँ सोचलाई र सबै जनताको चाहानालाई आत्मसाथ गरिकाम गर्नेछु उनले भनेका छन ।
