Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘हिन्दी राष्ट्रिय भाषा होइन’ भनेपछि बलिउड र दक्षिणका कलाकारबीच विवाद


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १५ २०७९
  • 6.3K
    SHARES

काठमाडौं । कन्नड सुपरस्टार किच्चा सुदीपले हिन्दी भारतको राष्ट्रिय भाषा हुन नसक्ने भन्दै गरेको एक ट्वीटले भारतीय र दक्षिण भारतीय कलाकारबीच विवाद सिर्जना गरेको छ ।

किच्चा सुदीपको यो भनाइलाई लिएर फिल्म क्षेत्र दुई समूहमा विभाजित भएको छ । उनको भनाइमा भारतीय अभिनेता अजय देवगनले जवाफ दिएपछि यो चर्चाको विषय बनेको हो ।

अजयले जवाफमा सुदीपलाई भनेका छन्, ‘यदि हिन्दी भाषालाई राष्ट्रिय भाषा नमान्ने हो भने किन तपाईं आफ्नो मातृभाषाको फिल्मलाई हिन्दीमा डबिङ गराएर रिलिज गर्नुहुन्छ ? हिन्दी हाम्रो राष्ट्रिय भाषा थियो र रहन्छ ।’

अजयलाई जवाफ दिँदै सुदीपले आफूले अर्कै सन्दर्भमा भनेको र त्यसको बेलिविस्तार भेटेरै लगाउने बताएका छन् । साथै उनले सबै भाषालाई उत्तिकै सम्मान गर्ने उल्लेख गर्र्दै लेखेका छन्, ‘मैले तपाईंको हिन्दी ट्वीटको जवाफ कन्नडमा दिएको भए के हुन्थ्यो ?’

सुदीपको यो भनाइलाई समर्थन गर्दै फिल्म निर्माता रामगोपाल बर्माले बलिउडले दक्षिण भारतीय कलाकारसँग इर्ष््या गरेको आरोप लगाए । यसै विषयमा भारतीय र दक्षिण भारतीय फिल्मा उत्तिकै सक्रिय अभिनेता सोनू सूदले भने फरक मत राखेका छन् ।

‘मलाई लाग्दैन कि हिन्दीलाई राष्ट्रिय भाषा भन्न सकिन्छ,’ एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनी भन्छन्, ‘भारतमा एउटै भाषा छ, त्यो हो मनोरञ्जन ।’

दर्शकले भाषा भन्दा पनि मनोरञ्जन हेर्ने र त्यहिअनुसार कलाकारलाई सम्मान र माया दिने उनको भनाइ छ । दक्षिण भारतीय फिल्मको सफलताले बलिउड फिल्म बनाउने तरिकामा परिर्वतन ल्याउने उनको अपेक्षा छ ।

फिल्म बनाउँदा दर्शकको संवेदनशीलतालाई बुझ्नुपर्ने सूदले बताए । पहिलाजस्तो बुझ्दै नबुझी औषत फिल्ममा दर्शकले पैसा खर्च नगरेको उनको बुझाइ छ ।

ट्वीटरको युद्ध फिल्मका कलाकार मात्र सामेल भएनन् । उक्त ट्वीटमा कर्नाटकका मुख्यमन्त्री कुमार स्वामीलेसमेत चासो देखाएका थिए । उनले सुदीपको पक्ष लिँदै हिन्दी भारतको राष्ट्रिय भाषा कहिल्यै पनि नरहेको बताए । साथै उनले अजयको टिप्पणीलाई ‘हास्यास्पद’को संज्ञा दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४