Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय अभिनेता संजय दत्तले भने –‘जव क्यान्सर भएको थाहा पाए तब निकै रोएँ ’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ५ २०७९
  • 7.1K
    SHARES

एजेन्सी । भारतीय अभिनेता संजय दत्त केहि समय अगाडि क्यान्सर सोगबाट पीडित भएका थिए । उपचार पछि उनी अहिले पूरै ठिक भएका छन् । साथै उनी फिल्ममा पनि फर्किएका छन् ।

अभिनेता संजयले एक अन्तर्वार्तामा आफूलाई क्यान्सर भएको जानकारी बहिनी प्रिया दत्तले दिएको बताएका छन् । जब बहिनी प्रिया मार्फत उनले आपूmलाई क्यान्सर भएको कुरा थाहा पाए उनी एकान्तमा बसेर धेरै रोए । उनलाई आफ्नो परिवार र आफ्नो जीवनप्रति निकै चिन्ता भएको थियो । तर, दत्तले अहिले क्यान्सरलाई जितेका छन् ।

सन् २०२० मा दत्त स्टेज ४ फोक्सोको क्यान्सरबाट पीडित भएका थिए । एक भारतीय संचार माध्यमले लिएको एक अन्तर्वार्तामा संजयले भनेका छन् –‘लकडाउनको साधरण दिन थियो म भर्याङ चढ्दै थिए अचानक मलाई सास फेर्न गाहे भयो । मैले सास फेर्न सकिन, मलाई के भैरहेको थियो त्यो पनि मैले बुझ्न सकिन । त्यपछि मैले आफ्नो डाक्टरलाई फोन गरे । डाक्टरले एक्स रे गर्दा मेरो फोक्सोमा पानी जमेको देखियो । मेरो आधा भन्दा बढी फोक्सो पानीले ढाकिएको थियो । त्यो पानी फोक्सोबाट बाहिर निकाल्नु पर्ने थियो । सबैले क्षयरोग हो भन्दै थिए, तर त्यो क्यान्सर निस्कियो’ ।

उनी भन्छन् –मलाई क्यान्सर भएको कुरा अरु कसैले भनेको भए मैले पिटिदिन्थे तर, मेरो बहिनी प्रियाले बताइन् र अब के गर्ने योजना बनाउन भनिन् । त्यस समय उनले आपूmलाई निकै कमजोर भएको महसुस गरे । लकडाउनको समय भएकाले अन्य देशमा उपचारको लागि जान सम्भव थिएन । त्यसैले उनले भारतमा नै आफ्नो उपचार गराउने निधो गरे । अभिनेता ऋतिक रोशनका बाबु राकेश रोसनले उनलाई एक डाक्टरको सिफारिस गरे । ती डाक्टरले संजयलाई उपचारको क्रममा बान्ता हुने र कपाल पनि झर्ने बताएका थिए । तरपनि उनले आफूलाई केहि नहुने आत्मविश्वास मनमा पालिरहे । किमोथेरापि पछि डाक्टरले उनलाई हरेक दिन साइकल चलाउन सल्लाह दिए । उनी किमोथेरापि गराउन जाँदा ब्याडमिन्टन पनि खेल्ने गर्थे । आज उनी क्यान्सर मुक्त भएका छन् ।

यदि फिल्मको कुरा गर्ने हो भने उनको पछिल्लो फिल्म ‘केजीएफ च्याप्टर २’ अप्रिल १४ बाट प्रर्दशनमा आएको छ । यस फिल्ममा उनले अधिराको भूमिका निभाएका छन् । फिल्मले १ सय ५० करोड भारतीय रुपैयाँ सुरुवाती सुखद कमाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४