Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी चुनावमा कुनै पनि बाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 7.2K
    SHARES

पर्वत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि बाम दलसँग सहकार्य नहुने बताउनुभयो ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरूको पालिका स्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा बोल्दै नेकपा एमाले बाहेक अन्य दलहरू गैह्र कम्युनिष्ट भएको बताउँदै ती दलहरूसँग बाम तालमेल नहुने स्पष्ट पार्नुभयो ।

कम्युनिष्ट पार्टीका विरुद्ध कांग्रेससँग तालमेल गर्नेहरू बामपन्थी दल नभएकाले ति दलहरूसँग बाम तालमेल नहुने बताउनुभयो ।

नेता बस्नेतले कम्युनिष्ट पाटीको सरकार ढाल्ने, पाटीका अध्यक्षलाई कारबाही गर्ने र सांसद पद नै खारेज गर्ने जस्ता गतिविधिमा संलग्नहरू कम्युनिष्ट पार्टी नभएका भन्दै ति पार्टीसँग निर्वाचनमा सहकार्य नहुने ठोकुवा गर्नुभयो ।

बस्नेतले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न माओवादी केन्द्रलाई चुनौती दिनुभएको छ । माओवादी केन्द्र अब ६४ सालको जस्तो युवा नभएको भन्दै उहाँले बुढो भइसकेको माओवादीले निर्वाचन जित्नु भनेको हास्यास्पद रहेको बताउनुभयो ।

एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको भन्दै सांसदसमेत रहेका बस्नेतले निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसारको तालमेल भने हुनसक्ने बताउनुभयो ।

उहाँले गठबन्धनसँग जुध्ने सामथ्र्य र तागत एमालेमा रहेको भन्दै निर्वाचनमा पूर्ण रुपमा होमिन एमाले कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो ।

अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा यसपटक अझै देखि तहमा एमाले बिजयी हुने उहाँको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४