Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ७ २०७८
  • 3.3K
    SHARES

 काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो ।

फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ । नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।

ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा बाँडेर प्रतियोगिता सन्चालन गरिएको छ । अर्को समूहमा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन् । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । ११८ रनको लक्ष्य पछ्याएको ओमानलाई १७ ओभरमै ७८ रनमा अलआउट गर्दै नेपालले सानदार जित निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४