Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसले युक्रेनमा आक्रमणको तयारी गरेको अमेरिकाको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ६ २०७८
  • 4.7K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ ।

रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो । तर मस्कोले अमेरिकी आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्ना सेनाले सीमामा सुरक्षा मात्र गरिरहेको दावी गरेकोछ ।दुवै देशबीचको विवादका कारण युक्रेन र रुस समर्थकहरुबीच टकराव बढेको बताइएको छ । अमेरिका र रुसको विवादका कारण युक्रेनमा त्रास फैलिएको बताइएको छ । पश्चिमा मुलुकहरुले पनि दुई देशको विवादका कारण त्रास बढेको भन्दै समस्या समाधानका लागि वार्ता गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।

यता अमेरिकाले भने सुरक्षा परिषदको बैठकमा आफ्ना आरोपमा प्रमाणहरु पेश गर्न अस्विकार गरेको अलजजिराले उल्लेख गरेकोछ ।

यता रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै युक्रेनमा आक्रमणको तयारी गरिएका भनिएका आफ्ना एक लाखभन्दा बढी सैनिक फिर्ता बोलाएको जनाएको छ । तर अमेरिकाले भने रुसले सीमामा थप सुरक्षा खडा गरेको दावी गर्दै आएकोछ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका गतिविधिले चिन्ता बढाएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४