Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेलाडीलाई कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो । समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका थियो ।

तर प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि यो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ ।

पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले अब खेल्न बाँकी दुबै खेल फराकिलो अन्तरले जित्नुपर्ने आवश्यकता छ ।

शनिबारै हुने तय भएको बागमती र गण्डकीबीचको दोस्रो खेल भने निर्धारित समयमा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४