Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले ल्यायाे ओली, दाहाल र नेपाललाई एउटै मञ्चमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 3K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिनुभएको छ ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपाल सँगै देखिनुभएको हो । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाएको हो  ।

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको हाे  । २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । त्यस्तै, ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।

चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएपनि प्रचण्ड भने जानुभएको थिएन । एमाले महाधिवेशनमा नेपाललाई भने बोलाइएको थिएन । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई एमालेको महाधिवेशन उद्घाटन समारोहमा पठाएको थियो ।

तीनै नेताले फरक–फरक मञ्चबाट आपसी घोचपेच मात्रै गर्दै आएका छैनन्, चुनावमा पत्तासाफ बनाउने दाबीसमेत गर्दै आउनुभएको छ । त्यसैले एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४