Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाको महामन्त्री बन्न रेखाको दौडधुप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली चलचित्रको पर्दामा थुप्रै पटक समाज र राष्ट्रलाई बदल्नका लागि नायकको अवतारमा देखिएकी अभिनेत्री रेखा थापा यतिबेला नयाँ अभियानमा लागेकी छन् । रेखाले चलचित्र क्षेत्रको करिअर उत्कर्षमा पुगिरहेको समयमा राजनीतिक यात्रालाई अगाडि बढाउन नखोजेकी होइनन् । तर, विविध कारणले उनको राजनीतिक करिअर अगाडि बढ्न सकेन ।

रेखा अब भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक जीवनलाई अगाडि बढाउने सोचमा छिन् । अभिनेत्री थापा राप्रपाको भृकुटीमण्डमा जारी महाधिवेशनमा महामन्त्री पदमा उठेकी छन् । अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट रेखाले महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् । रेखा शुक्रबार दिनभर नै पार्टीका प्रतिनिधिहरुसँग भोट माग्न व्यस्त देखिइन् ।  राजनीतिमा युवाहरु आउनुपर्छ भन्ने सोचका साथ रेखा लिङ्देनको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी छन् ।

चलचित्र निर्माण गरेपछि दर्शकलाई हेरिदिन आग्रह गर्दै देश दौडाहा हुन्थिन् रेखा कुनै बेला । तर, यतिबेला उनको जीवनको कोर्स फेरिएकोे छ । शनिबार राप्रपाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४