Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायिक नेतृत्वको अन्योलले सर्वोच्चमा फेरि सुनुवाइ प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १६ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिएको सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबारको समेत इजलास आफै तोके । बुधबार भने सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोकियो । तर कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि बुधबार र बिहीबार मुद्दाको सुनुवाइ हुन नसकेको हो ।

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनैपनि इजलास सञ्चालन हुन सकेन । विहीबार कानून व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची प्रकाशित हुन सकेको छैन ।

मुद्दाको सुनुवाइका लागि पेशी सूची प्रकाशित गर्नु पहिलो काम हो । सामान्यतया १० देखि ११ बजेभित्रमा मुद्दाको पेशी तोक्ने गरिन्छ । तर बिहीबार १ बजेसम्म पनि पेशीसूची प्रकाशित भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४