Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीपी मैनालीमाथि प्रचण्डको व्यङ्ग्य– ‘राप्रपाको अध्यक्ष हुने तयारीमा हुनुहुँदो रहेछ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने दौडमा लागेको व्यङ्ग्य गर्नुभएको छ ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा अध्यक्ष दाहालले मैनालीले राजा महेन्द्रको प्रशंसा र राष्ट्रवादको चर्चा गरेकोप्रति इंकित गर्दै राप्रपाको अध्यक्षको दौडमा लागेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

‘राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो, अहिले बोल्दा महान राजा भन्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ क्यारे ।’

आफूहरुको मत नमिल्ने भन्दै अध्यक्ष दाहालले आफू गणतन्त्रवादी भएको जिकिर गर्नुभयो ।

साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।

आफ्नो विचार र राजनीतिमा फरक मत हुँदाहुँदै पनि संविधानसभाबाट संविधान बनाउन मद्दत गरेकोमा धन्यवाद दिनुभयो ।

इतिहासप्रति गौरव गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले वर्तमानलाई विर्सनुनहुने बताउनुभयो । विचारमा मतभिन्नता हुनु स्वभाविक भएको उल्लेद गर्दै उहाँले बहस र विवादको बीचबाट समाजले गति लिने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४