Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ महिनामै राष्ट्र बैंकले बजारमा पठायो १० खर्ब तरलता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा नै राष्ट्र करीब एक हजार ८ अर्ब रुपैयाँ हाराहारीमा बजारमा तरलता पठाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरताको चाप परेपछि समस्या समाधानका लागि राष्ट्र बैंकले नियमित रुपमा विभिन्न उपकरणबाट तरलता पठाएको हो ।

बजारलाई चलायमान बनाइराख्न राष्ट्र बैंकले तरलता नियमति रुपमा पठाउने प्रवक्ता देवकुमार ढकाल बताउँछन् । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा बजारमा पठाउने गरेको छ

साउनदेखि असोज महीनासम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।

यति ठूलो रकम तरलता प्रवाह गर्दा राष्ट्र जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

अझै बजारमा तरलता समस्या समाधान भने भइसकेको छैन । बैंकहरुको निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल बैंकहरू अल्पकालिन श्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४