Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोहोरी च्याम्पियन : उपाधिका लागि प्रकाश -मीनासँग बालचन्द्र-शोभाको प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ८ २०७८
  • 4.6K
    SHARES

नेपाल टेलिभिजनको प्रस्तुती रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आउँदो शनिबार पोखरामा हुँदैछ । आयोजकले पोखराको बाराही घाटमा ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले गर्न लागेको जानकारी दिएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग बालचन्द्र बराल र शोभा कार्कीको टीम प्रतिस्पर्धामा छ । प्रकाश पराजुली र मीनाको टीम यसअगाडि नै उपाधि प्रतिस्पर्धामा पुगिसकेको थियो भने बालचन्द्र र शोभाको टीम राजेन्द्र पाठक र मीना नेपालको टीमलाई हराउँदै उपाधिका लागि प्रतिस्पर्धामा पुगेको हो ।

उपाधिका लागि प्रतिस्पर्धामा रहेका यी दुई टीममा एउटाले उपाधि हात पार्नेछ भने अर्को टीम द्धितिय हुनेछ । त्यस्तै, तृतिय स्थानका लागि सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमको प्रतिस्पर्धा हुनेछ । यी दुई टीमको प्रतिस्पर्धामा एउटा टीम तृतिय हुनेछ भने अर्को टीमले सान्त्वना स्थान प्राप्त गर्नेछ । भोटिङका आधारमा विजेता छनोट गरिने र शनिबार साँझदेखि भोटिङ राउण्ड खुला गरिएको ‘दोहोरी च्याम्पियन’का निणर्ायक रहेका रमेश बिजीले जानकारी दिए । नेपाल टेलिभिजनको एप डाउनलोट गरि भोटिङ गर्न सकिने उनले बताए । ‘दोहोरी च्याम्पियन’मा डिजिटल अडिसनबाट छनोट भएका ३५ टीमको फिजिकल अडिसन गर्दै उत्कृष्ट २४ टीम छनोट गरिएको थियो । २४ टीमबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म प्रवेश गरेको हो ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुने टीमले उपाधिसँगै २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोश्रो हुने टीमले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतिय हुने टीमले ३ लाख र सान्त्वना हुने टीमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘दोहोरी च्याम्पियन’मा निर्णायकमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’मा संचालकको भूमिकामा छन् । नेपाल टेलिभिजनमा शनिबार राती ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४