Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको टाउकोमा अरर्बौ ऋणको भार, तीन वर्षपछि राष्ट्रपतिको उम्मेदवार बन्न वित्तीय व्यवस्थापन चुनौति बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 12K
    SHARES

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोमा ऋणको भार बढेको छ । रियलस्टेटलगायतका व्यवसायबाट अरबपति बन्दै अमेरिकाकै राष्ट्रपति पदसमेत हत्याएका ट्रम्प पछिल्लो पटक ऋण भुक्तानका सन्दर्भमा विभिन्न जञ्जालमा परेको फोर्ब्स पत्रिकाले जनाएको हो ।

ट्रम्पको व्यवसायमा १ दशमलव ३ बिलियन डलर ऋण रहेको अनुमान छ भने २ सय मिलियन डलर उनले राष्ट्रपति पद छाडेयता बढेको बताइएको छ ।

तर यसको मतलब ट्रम्प ब्यहोर्नै नसक्ने वित्तीय दबाबमा छन् भन्ने अर्थ भने नभएको फोर्ब्सले उल्लेख गरेको छ । बरु अघिल्ला महिनाको तुलनामा ट्रम्पको ब्यालेन्स सिट सुध्रिएको पनि जनाइएको छ ।

खासगरी ट्रम्पको ३० प्रतिशतको शेयर स्वामित्व रहेको जेपी मोर्गनले डिफल्टरमा गएको सान फ्रान्सिस्को अफिस कम्प्लेक्सका लागि १ दशमलव २ बिलियन डलर मद्दत गर्नुपर्दा ऋणको आकार बढेको जनाइएको छ ।

ट्रम्पले चाहेजसरी वित्त व्यवस्थापन हुँदै गएमा सन् २०२३ सम्ममा ऋणको भारीबाट क्रमिक रुपमा श्वास फेर्ने अवस्थामा पुग्ने पनि जनाइएको छ ।

सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा फेरि उम्मेदवारीको दौडमा रहने बताइरहेका रियल स्टेट व्यवसायका वादशाह ट्रम्पले आफूलाई ऋणको भारबाट क्रमशः हलुँगो बनाउनसक्नुपर्ने फोर्ब्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४