Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १६ २०७८
  • 3K
    SHARES

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पार्यो ।

एपीएफले पहिलो सेटमा न्यू डायमन्डलाई २६–२४ ले हराएको थियो । तर, त्यसपछिको सेटमा न्यू डायमन्डले एपीएफमाथि २५–२१, २५–१७ र २५–१५ को जित निकाल्यो । उपाधिसँगै न्यू डायमन्डले ४ लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको एपीएफले २ लाखमा चित्त बुझायो । तेस्रो भएको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।

यस्तै पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४