Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 4.9K
    SHARES

माल्दिभ्स पुगेर प्रशिक्षण गर्दै नेपाली टोली । तस्वीर : एन्फा


काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ ।

साफकै लागि भनेर नेपालले करिब ३ महिनादेखि निरन्तर तयारी गरिरहेको थियो । नेपालले पछिल्लो दुई साता र केही दिन भने कतारमा बन्द प्रशिक्षण गरेको थियो ।

माल्दिभ्स जानु अघिल्लो दिन नेपालले गल्फ राष्ट्र ओमानसँग कतारमा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । तर कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७–२ ले पराजित भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए ।

फिफाको मान्यता नभए पनि नेपाललाई साफ अघि उक्त खेल आफ्नो कमजोरी थाहा पाउने अन्तिम अवसर थियो ।

कतार जानुअघि नेपालले काठमाडौंको दशरथ रंगशालामा छिमेकी भारत विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा अग्रता लिएर पनि १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भने भारतसँग २–१ ले पराजित भएको थियो । साफअघि नेपालले लगातार प्रशिक्षण गर्दै आएको छ भने मैत्रीपूर्ण खेल समेत खेलेको छ । नेपालले जस्तै माल्दिभ्स र श्रीलंकाले पनि कतारमा क्लोज क्याम्प राखेको थियो । बंगलादेशले भने थ्री नेशन्स कप खेलेको थियो ।

माल्दिभ्ससँग पहिलो खेल

नेपालले घरेलु टोली माल्दिभ्ससँस असोज १५ गते (१ अक्टोबरमा) खेल्दै साफ च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । माल्दिभ्स साविक विजेता समेत हो । सन् २०१८ मा बंगलादेशमा भएको साफमा उपाधिको दाबेदारको रुपमा रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो । अन्तिममा माल्दिभ्सले भारतलाई हराएर उपाधि जित्यो ।

अहिलेसम्म साफको फाइनल समेत पुग्ने नसकेको नेपाली टोलीले यस पटक भने उपाधि जित्ने लक्ष्य राखेको छ । साविक विजेता र आयोजक टिमसँग पहिलो खेल खेल्दा गाह्रो हुने नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बुझेका छन् । पहिलो खेल कठिन हुने उनले यसअघि नै बताइसकेका छन् ।

कुवेती प्रो लाइसेन्स प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा रहेको नेपालले श्रीलंकासँग असोज १८ गते ( ४ अक्टोबरमा)  दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले भारतसँग असोज २४ गते (१० अक्टोबरमा) खेल्नेछ भने बंगलादेशसँग असोज २७ गते (१३ अक्टोबरमा) खेल्नेछ ।

यस पटक पाँच टिम मात्र सहभागी रहेकाले सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले असोज ३० गते (१५अक्टोबरमा) फाइनल खेल्नेछन् । आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेश र श्रीलंकाले १२औं संस्करणको साफ खेल्दैछन् । भुटानले कोभिड–१९ का कारण ट्राभल रेस्ट्रिक्सनले गर्दा सहभागिता जनाएन भने पाकिस्तान फिफाको प्रतिवन्धमा रहेकाले खेल्न पाएन ।

सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । यसअघि समूह चरण सेमिफाइनल हुँदै फाइनल खेल हुन्थ्यो । यस पटक फाइनल पुग्नका लागि कम्तीमा पनि तीन टिमलाई पछि पार्नुपर्नेछ ।

फरक नतिजाको अपेक्षा

यस पटक फरक नतिजा ल्याउने अपेक्षासहित नेपाल माल्दिभ्स पुगिसकेको छ । प्रशिक्षक अलमुताइरीले अहिलेसम्म नेपालले साफ जित्न नसकेको तथ्यलाई बदल्न खोजेका छन् ।

सकेसम्म उपाधि जित्ने, त्यो नभए कम्तीमा फाइनल भए पनि पुग्ने लक्ष्य भएको उनले बताउँदै आएका छन् । पछिल्ला चारमध्ये तीन संस्करणको सेमिफाइनल खेलेको नेपाल तीनै पटक सेमिफाइनलमा रोकिएको छ । सन् १९९३ को पहिलो संस्करणमा चार टिमले प्रतिस्पर्धा गर्दा तेस्रो भएको नेपाल त्यसपछि १९९५ र १९९९ मा सेमिफाइनल पुगेको थियो ।

गत चैतमा एक वर्षका लागि नेपालको प्रशिक्षक बनेका अलमुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । दुई महिनाअघि उनी राजीनामा प्रकरणमा मुछिएका थिए । उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको नामै तोकेर राजीनामा दिन बाध्य भएको अवस्था आएको जनाएका थिए । तर न उनले राजीनामा दिए न एन्फाले नै उनको प्रकरणमा केही गर्न सक्यो । राष्ट्रिय खेलकुद परिषदले यस विवादको बारेमा छानविन गरेपनि त्यसपछि भने यो घटना सामसुम जस्तो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४