Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २६ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले आफूहरूकमाथि बलमिच्याइँ गरेको निष्कर्ष निकालेको छ ।

शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनिय भएको र नेकपा (एमाले)लाई बलमिच्याइँ गरेको निष्कर्ष निकाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि आरोप लगाउनुभयो । ‘एमाले सरकारले ल्याएको लोकप्रिय बजेट कटौती गरेको छ,’ उहाँले भन्नुभयो, ‘हचुवाको भरमा कार्यक्रम थप गरिएको छ, सरसल्लाह पनि भएको छैन ।’

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो ।

अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा स्थिति उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको सचिव भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४