Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेढ महिनादेखि बन्द टेलिसिरियल ‘हर्के हल्दार’ हिजोदेखि प्रशारणमा आयो !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १४ २०७८
  • 4.3K
    SHARES

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण डेढ महिनादेखि बन्द रहेको हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’ आजदेखि प्रशारणमा आउने भएको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै टेलिसिरियल नियमित प्रशारणमा आउन लागेको हो ।

टेलिसिरियलका निर्देशक एवं कलाकार ईन्द्र दोङ् लामाले निषेधाज्ञा खुकुलो भएसंगै टेलिसिरियलको छायाँकन गरिएको बताए । ‘टेलिसिरियलका अधिकांश कलाकार काठमाडौंमै हुनुहुन्थ्यो । घर जानुभएका कलाकारहरु पनि फर्किनुभयो र छायाँकन गर्यौं, उनले भने ‘आज बेलुकादेखि टेलिसिरियल नियमित प्रशारणमा आउँछ ।’ आफ्नै स्टुडियोका कारण टेलिसिरियलको छायाँकनमा गाह्रो नभएको समेत लामाले बताए ।

शिव शर्माको लेखन, विष्णु सापकोटा र ईन्द्र दोङ लामाको निर्देशन रहेको टेलिसिरियलमा विष्णु सापकोटा शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएका छन् । त्यस्तै शिवहरी बैरागी, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मा, ईन्द्र दोङ लामा, सरु दाहाल लगायतका कलाकारको अभिनय रहँदै आएको छ । टेलिसिरियल कान्तिपुर टेलिभिजनमा हरेक आईतबार बेलुका ९ बजे प्रशारण हुँदै आएको छ । टेलिसिरियललाई दर्शकले रुचाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४