Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्टर्लिङको गोलमा इंग्ल्याण्ड समूह विजेता, चेक रिपब्लिक हारेपनि नकआउट चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ९ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि उनै स्टर्लिङले गोल गरेका थिए । इंग्ल्याण्डल स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो ।

जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बन्यो ।

३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४