Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबिना दाहाल र सुभाष महतको नयाँ लोक दोहोरी नक्कली (भिडियो सहित )


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 18.2K
    SHARES

ललितपुर जिल्लाको उदाउँदो नक्षत्रको रुपमा स्थापित सुवास महत नौलो नाम होईन,, हेर्दा सानो हसिलो, मिजासिलो,सहनसिल, चटपटे स्वभाबका महत ,पछिल्लो समय जताततै चर्चाको शिखरमा रहेको नक्कलि नामक गितले गर्दा सबैको सामु लोकप्रियता कमाउन सफल भएका छन ,, “” नक्कली नामक “”गित लोक चौतारी युट्यूब च्यानल बाट सार्वजनिक गरिएको छ।जसमा संगित/लय रामहरि भण्डारीको रहेको छ भने सानू केसि र अशोक कुमार सापकोटा को शब्द लेखन तथा सङ्कलन रहेको छ ,नारायण दङ्गाल को एरेन्जमा यो गित तयार पारिएको थियो ।

एम.एफ स्टुडियो मा रेकर्डिङ गरिएको गितको म्यूजिक भिडियो निरेन श्रेष्ठले निर्देशन गरेको यस भिडियो मा मोडलहरु को रुपमा भुवन चौलागाईं ,लक्ष्मी दर्नाल र बिशेष अभिनय चर्चित मोडल आयूष्मा कार्की लगायत को जीवन्त अभिनय देख्न सकिन्छ । कोरियोग्राफर अमन राना हुन भने मरुभूमि नारायण ले भिडियो लाई खिच्ने काम गरेको थिए र मेकप मोहन लामा ,म्यूजिक भिडियो सम्पादन संगित बानियाँले गरेका हुन्।

यो गित सुवास महत र सविना दाहाल को संयुक्त प्रस्तुति हो ।सविना दाहाल सबै गित संगितलाई मन पराए पनि बिशेष गरि कांठे भाकालाई न्याए दिएर गाउन सक्ने गायिका हुन,, लाईभ दोहोरी गाएर पछिल्लो समयमा चर्चा कमाउन सफल दाहाल लाई दर्शक सोर्ताले प्रशंसा गर्दै आउनु भएको र निकै नै रुचाईएको पाईन्छ। घर काँठ क्षेत्रमै भएको र बाल्यकाल देखि नै कांठ क्षेत्रको गितहरुको मात्र छाप उनको दिमागमा परेकाले पनि उनी काठे गितमा बढि रुचि भएको कुरा बताउंछिन ।। अनुशासित ,सहनशील ,भद्र स्वाभाव भएकि गायिका को स्वरमा भएको सुरिलोपना साथै समधुरता ले गर्दा नै गायक महत ले दाहाल सङ्ग यस गितमा सहकार्य गरेको उनी बताउछन् ।

सविना दाहाल पनि राष्ट्रिय संगित कर्मी संघ ललितपुर जिल्ला महिला उपाध्यक्ष हुन्। बाल्यकाल देखिकै ईच्छा पत्रकारिता पेशालाई अंगाल्ने भएता पनि विभिन्न असहज बाध्यात्मक परिस्थितिले गर्दा भेटेनरी पेशालाई अंगाल्न पुगे , पेशा भेटेनरी भएता पनि उनले गर्ने कार्यहरु औलामा गन्नको लागि सहज छैन ,समाज सेवाप्रती रहेको उनको लगाव कुनै कुरामा पनि हुन्न र सक्दिन भन्न कहिल्यै जान्दैनन ,नारिलाई गर्ने सम्मान देखेर म आफै उहांको प्रशंसक बन्न पुगें, बाल्यकाल देखि नै लोक संगितलाई धेरे मायां गर्नु हुने महत गाऊमा कतै मादलको रन्को सुन्यो भने मनलाई काबुमा राख्न नसकि घरवाट भागेर पुगिहाल्नु हुन्थ्यो रे, सुमधुर स्वरका धनि महत कुशल कार्यक्रम संचालक , सबैलाई सम्मान कसैको कुभलो नचिताउे, अझ भन्नु पर्दा कसैका आखामा राखे पनि नबिजाउने महतलाई सानासाना कार्यक्रम देखि ठुलाठुला स्टेज कार्यक्रम मा कार्यक्रम संचालन गर्न उहांलाई भ्याई नभ्याइ हुन्छ, मीठो बोलिद्वारा सबैलाइ आकर्षित गर्न सक्ने अदभुत क्षमता भएका उनल गाउन जादु देखाउन हरेक समस्या हरुमा नआत्ति सहजै समाधान गर्दिन सक्ने अब्बल छन, जहाँ आफु पुग्छन्। त्यहां सबैको मनमा गहिरो छाप छोडेर आउने गरेका छन।

सबैका बारेमा राम्रो सोच्ने ढुङ्गाले हान्नेलाई फुलले हान्नु पर्छ भन्ने महान बिचारका कारण सबैका प्रिय बन्दै गएका गायक हालसालै राष्टिय संगितकर्मि ललितपुरको अध्यक्ष पदमा नेतृत्व लिन सफल हुनु भएको छ ।ललितपुर जिल्ला भरि छरिएर रहेका मौलिक प्रतिभा बोकेका आफुमा कला र गला भएर पनि अवसर नपाएका हरुको खोजि गरेर , एकआपसमा सहकार्य र समन्वय गरि उनिहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा पुर्याउनको लागि आफ्नो तर्फबाट सक्दो पहन हुने कुरामा उनि जोड दिन्छन।

कलाकारिता भित्रको एकआपसमा मा खुट्टा तान्ने प्रवृतिलाई जरै देखि उन्मुलन गरेर सहकार्यमा र समन्वय गर्दै अगाडि बढेमा कलाकारिता क्षेत्रले ठुलो फड्को मार्ने र आफु बांचुनन्जेल हरहमेसा प्रयत्न हुने कुरामा उनी बिस्वस्त छन तर यसको लागि सबैका साथ ,सपोर्ट, सल्लाहसुझाव अपरिहार्य रहेको कुरा उनी बताउछन चित्त नबुझेको कुरा पछाडि पछाडि गर्दै हिड्नु भन्दा सबैजना सरसल्लाह ,समन्वय गरेर यसो गरौ भने कलाकार र कलातारिता ले न्याय पाउछ भन्ने कुरा गर्न पनि सबै सङ्ग आग्रह गर्नु हुन्छ, यसो गर्न सकियो भने पक्कै पनि लोकसंगितले नयां काचुलि फेर्ने छ , सबै कलाकारले अवसर प्राप्त गर्नु हुनेछ ।

विश्व नै कोरोना भाईरसको कारण रोईरहेको छ , यसको प्रत्यक्ष असर नेपालमा परिरहेको छ , कोरोना भाईरसको संक्रमण भुसको आगो सरि फैलिरहेको छ ।यस्तो अवस्थामा आफ्ना कामहरुलाई थाति राखि घरैमा सुरक्षाका उपाय अपनाएर बसिदिनु हुन पनि विशेष अपिल गर्नु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४