‘पर्सिसम्म मात्रै समय दिइएको छ । बैठक त पार्टीको मात्रै नभएर सवैसँग बस्दैछौं’, नेता गोपालमान श्रेष्ठले भने । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।