Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २२ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलुरुमा रहेका छन् । अभिनेत्री दीपिकाको अन्य स्वास्थ्य अवस्थाबारे भने कुनै पनि जानकारी गराइएको छैन । त्यसोत, दीपिका र रणवीर सिंह लकडाउन हुनु अगावै मुम्बई छोडेर बेंगलुरुस्थित आफ्नो घर पुगेका थिए ।

 

यस अगाडि अभिनेत्री दीपिकाको परिवारको अन्य सदस्यहरुमा पनि कोरोना देखिएको थियो । लक्षणसहितको कोरोनाले च्यापेपछि दीपिकाको बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गएको र साताको अन्त्यतिर डिस्चार्ज गरिने बताइएको छ ।

त्यस्तै, उनकी आमा उजाला र बहिनी अनिषालाई पनि कोरोना संक्रमण भएको छ । अहिले उनीहरु दुवै जना होम आइसोलेशनमा रहेका जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४