Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणका कारण चर्चित म्युजिक निर्देशक श्रवण राठौडको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण भारतीय चर्चित म्युजिक निर्देशक श्रवण राठौडको मृत्यु भएको छ । कोरारेना संक्रमित श्रवण राठौडको मुम्बईस्थित एलएल रहेजा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जानकारी अनुसार श्रवण राठौड अन्य रोगबाट समेत ग्रसित थिए । कोरोना संक्रमण पुष्टि भएसँगै उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । भारतीय संगीत उद्योगमा श्रवण राठौड निकै चर्चित नाम हो । नदीम र श्रवणको जोडी निकै चर्चित थयो ।

तर, यो जोडी श्रवणको मृत्युसँगै टुटेको छ । रहेजा अस्पतालका निर्देशकका अनुसार कोरोना संक्रमित श्रवणको अल्टिअर्गान फेल भएर मृत्यु भएको हो । ६६ वर्षीय श्रवणको दुई छोरा सञ्जिव र दर्शन रहेका छन् ।

चर्चित म्युजिक निर्देशक श्रवणले आफ्नो करियरमा कयौं अवार्डहरु जितेका छन् । नदीम र श्रवणले ९० को दशकको चर्चित फिल्महरुमा संगीत भरेका छन् । उनीहरुले आशिकी, शाहरुख खानको परदेश, साजन, राजा हिन्दूस्तानीलगायत फिल्महरुमा संगीत भरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४