Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जापानले ५ मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 2.5K
    SHARES

एजेन्सी । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो ।

यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्ने छ ।

यो प्रविधिले अब यहाँ कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।

उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४