Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वद्धा सासूलाई बेवास्ता गर्ने ज्वाइँ जेल चलान


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । सबै सम्पत्ति जालसाजीपूर्वक हात पारेर ८४ वर्षीया सासू शोभा रिजाललाई बेवास्ता गर्ने कमलप्रसाद रेग्मी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । यसअघि उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई पनि अदालतको आदेशमा जेल पठाइएको छ । दुवैलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।

प्रहरीले सुष्मालाई गत २३ चैतमा पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले कमलप्रसादलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए । ‘छोरी सुष्मालाई यसअघि नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । ज्वाइँ कमलप्रसादलाई पनि आइतबार जेल चलान गरिएको छ । ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको अभियोग उनीहरूमाथि छ,’ उनले भने । जेल चलान गरिएको कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । सुष्मा नेपाल राष्ट्र बैंककी निर्देशक हुन् ।

सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेपछि आमा शोभाले छोरी सुष्मा र ज्वाइँ कमलप्रसादविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् ।

भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुनचाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । सो रकम छोरी सुष्माले जालसाजीपूर्वक झिकेकी थिइन् । त्यसबाहेक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि कमलप्रसादले झुक्याएर झिकेका थिए । शोभाको नाममा त्यसबाहेक पनि विभिन्न कम्पनीमा सेयर थियो । त्यो पनि सुष्मा र कमलप्रसादले अनधिकृत रूपमा झिकेका थिए ।

नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४