Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेतो पछ्यौरा ओढेको तिलिचो ताल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 7K
    SHARES

तिलिचो ताल भन्ने बित्तिकै पर्यटन क्षेत्रमा मात्र होइन, तालसम्बन्धी चासो राख्ने प्रायः सबैलाई थाहा छ । यो विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो ।

मनाङ जिल्लामा अवस्थित यो ताल हेर्न विश्वभरबाट वर्षेनी हजारौं पर्यटक आउने गरेका छन् । विदेश मात्र नभएर आन्तरिक पर्यटकको पनि प्रमुख रोजाइमा परेको पर्यटकीय स्थल हो तिलोचो ताल ।

पेशाले म पर्यटन व्यवसायी । विशेषगरी आन्तरिक पर्यटकलाई म देशका विभिन्न स्थानमा यात्रा गराउने गर्छु । देशभर यात्रा गर्ने-गराउने क्रममा म तिलिचो तालमा सातौंपटक पुगेको छु ।

प्रकृतिको अनुपम उपहार तिलिचोको यात्रा जतिपटक गरे पनि ताजा जस्तै लाग्छ । जति गयो उति जाउँजाउँ लाग्ने स्थान हो तिलिचो ताल । त्यहाँको भौगोलिक बनावट, यात्रा गर्दाको अनुभूति र ताल पुगेपछि अनुभूति हुने आनन्दको बयान गरेर सकिँदैन ।

 

गएको महिना म तिलिचो ताल पुग्ने मौका पाएँ । यो पटक तिलिचो पुग्दा ताल सेतो पछ्यौराले झैँ हिउँले ढपक्क ढाकिएको थियो । हुन त यसअघि मैले तालका विभिन्न रुप देख्ने मौका पाएको छु ।

यसपटक तिलिचो पुग्दा ताल सेतो पछ्यौराले झैं हिउँले ढपक्क ढाकिएको थियो । हुन त यसअघि मैले तालका विभिन्न रुप देख्ने मौका पाएको छु ।

तर जति हेरे पनि आँखाको धित मर्दैन । तिलिचोको यात्रा गर्दा पहिलो दिन काठमाडौंदेखि मनाङको चामे पुग्न सकिन्छ । पहिलो दिन हामी बिहानै जिप यात्रामा निस्कियौं । राति चामे पुगेर बास बस्यौं ।

दोस्रो दिन मनाङदेखि खडसार, त्यसपछि बेस क्याम्प पुग्न सकिन्छ । तिलिचो पुगेर फेरि काठमाडौंका लागि फर्कंने यात्रा तय गर्न सकिन्छ । उचाइमा जाँदा लेक लाग्ने सम्भावना हुने भएकाले कहिलेकाहीं गाह्रो हुने गर्दछ ।

  • तिलिचो तालको विशेषता

मनाङ जिल्लामा अवस्थित तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालमध्ये एक हो । हिमालय पर्वत शृंखलामा रहेको यो ताल अन्नपूर्ण क्षेत्रभित्र पर्दछ । पदयात्राका लागि विश्वप्रख्यात पदयात्रा अन्नपूर्ण पदयात्राभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ ।

यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १ दशमल २ किलोमिटर र गहिराइ २ सय मिटर छ । तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमालको बीचमा पर्छ । तिलिचो ताल विश्वको सबैभन्दा उचाइमा रहेको भनेर कहलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटिकाका तालभन्दा १ हजार १०७ मिटर अग्लो स्थानमा रहेको छ ।

चन्द्र रिजाल
उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड

तिलिचो ताल नेपालमा मात्र नभएर विश्वभर प्रख्यात ताल हो । यो आन्तरिक पर्यटकको रोजाइमा परेको पर्यटकीय स्थलमध्ये एक हो । यहाँका लागि पदयात्रा गर्दा ताल मात्र नभएर यात्राका दौरान देखिने भौगोलिक बनावटका साथै अन्नपूर्ण हिमशृंखलाले यात्रालाई निकै रोमाञ्चित बनाउँछ ।

विशेष गरी मनाङ जिल्ला सडक सञ्जालमा जोडिनुअघि बाह्य पर्यटकमाझ मात्र परिचित थियो यो ताल । जब मनाङ जिल्लालाई राष्ट्रिय सडक सञ्जालले छोयो अनि भने आन्तरिक पर्यटकको पनि यो प्रमुख रोजाइमा पर्न थाल्यो । तालसम्म पुग्ने यात्रा अझै व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको चाप बढ्ने सम्भावना पर्खेर बसेको छ ।

चन्द्र रिजाल, उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड
यो मात्रै नभएर आन्तरिक र बाह्य पर्यटकको आकर्षण रहेका हरेक पर्यटकीय क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकायमा गम्भीर बहस जरुरी छ । ती निकायसँग छलफल पनि भइरहेको छ । छलफलको निष्कर्षपछि हामी सबै अघि बढ्नुपर्ने देखिन्छ र बढ्छौं ।

कोभिडका कारण पर्यटन क्षेत्र सुस्ताएको छ । यस्तो अवस्थामा हामीले बृहत छलफल गरेर चाँडै काममा लाग्नुपर्नेमा सबैको एकमत छ । यसका लागि स्थानीय निकाय तथा व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने योजना छ ।

कोभिडको महामारीको अवस्थामा हामीले विगतकै जस्तो कार्यशैली अपनाएर काम गर्नुभन्दा देश र भूगोल अनुसारको योजना बनाएर पर्यटकीय क्षेत्र सुहाउँदो व्यवस्थापन गर्न जरुरी छ । कोभिडले जर्जर अवस्थमा पुर्‍याएको पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायी, मजदुर, गाइडलगायत अन्य क्षेत्रसँग सहकार्य गरेर यो व्यवसायलाई कसरी व्यवस्थित गर्ने र चलायमान बनाउने भनेर नेपाल पर्यटन बोर्ड योजना बनाइरहेको छ ।

म बोर्डको उपाध्यक्ष भएका नेताले मैले बुझे भोगेअनुसार अहिले नेपालको पर्यटन क्षेत्रका केही नीति-नियम परिमार्जन गर्नुपर्ने देखेको छु । यही भएर अबको नेपालको पर्यटन क्षेत्र कस्तो हुनुपर्छ भनेर गहन छलफल गरिरहेका छौं । छलफलपछि योजना बनाएर अघि बढ्ने सोचेका छौं । यसमा तिलिचो ताल मात्र नभएर देशकै पर्यटकीय क्षेत्र पर्नेछन् ।

           

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४