Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्यटन व्यवसायीको नजरमा मन्थली पर्यटन प्रवद्र्धनमा राम्रो विकास


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । रामेछाप सदरमुकाम मन्थलीबाट सोलुखुम्बु जिल्लाको लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको छ । सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका पर्यटकहरूलाई सीता, तारा र समिट एयरले बोकिरहेको छ । जसका कारण रामेछाप सदरमुकाम मन्थली विदेशी पर्यटकले भरिएको छ । यहाँका साना देखि ठुला होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् । सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट घुम्न आएका पर्यटकहरूलाई नेपाल सरकारले रामेछापको मन्थली विमानस्थलबाट सिजनेवल उडान गरी मार्फत तेन्जिङ हिलारी विमानस्थल लैजाने व्यवस्था गरेको छ । पर्यटकहरू काठमाडौँबाट गाडी मार्फत मन्थली आउने गरेका छन् ।

रामेछापमा सदरमुकाम स्थित मन्थली रामेछाप विमानस्थलबाट अक्टोबर १ तारिखदेखि सोलुखुम्बुको लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको रामेछाप नागरिक उड्डयन प्राधिकरण ट्राफिक कन्ट्रोलर केदार प्रसाद सत्यालले बताउनुभयो । ‘अहिले अक्टोबर र नोभेम्बरका लागि सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान गरिरहेको र यी तीन वटा एयरले दैनिक ४०० पर्यटकलाई लुक्ला पु¥याउने लक्ष्यका साथ उडान भरिहरेको उहाँले बताउनुभयो । नेपाल सरकारले रामेछापको मन्थली विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला उडान भर्ने व्यवस्था अनुसार आफूहरूले पर्यटकहरूलाई लुक्ला पुराइरहेको तारा एयरका स्टेसन इन्चार्ज प्रवीण सुवेदीले बताउनुभयो ।

पर्यटन व्यवसायी बाबुराम गुरुङले पर्यटन प्रवर्द्धनको हिसाबमा रामेछाप सदरमुकाम मन्थली पहिले भन्दा राम्रो विकास भइरहेको बताउनुभयो । ‘पर्यटकका लागि आवश्यक राम्रा होटेल तथा लजहरू बन्ने क्रममा रहेकाले दुई÷चार सय पर्यटक व्यवस्थापनका लागि खासै समस्या नभएको उहाँको भनाइ छ । यहाँ पर्यटकहरू घुम्न रुचाउने तामाकोसी रिभर साइड रहेकाले प्रतिकुल मौसम उडान अवतरण बन्द हुँदा पनि समस्या नरहेको उहाँले बताउनुभयो ।

मन्थलीमा पर्यटन विकासका लागि सरसफाइ, जिल्लामा रहेका ऐतिहासिक धार्मिक मठ मन्दिर तथा पर्यटकीय क्षेत्रहरूका बारेमा जानकारी मूलक बोर्डहरू राख्नुपर्ने, प्लास्टिक जन्य फोहोरको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने उहाँको सुझाव छ । मन्थली आएका पर्यटकहरूको रुचि अनुसार बस्ने खाने राम्रो व्यवस्थापन भएको होटेल तथा लचहरु सञ्चालन हुने चरणमा रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव नवराज ढुङ्गेलले बताउनुभयो ।

तामाकोसी नदिमा र्याफ्टीङ, स्थानीय विभिन्न जात जातिको संस्कृति झल्कने कार्यक्रमहरू देखाउँदै पर्यटकहरूलाई सैलुङ, नुम्बुर हिमाल, खाँडादेवी मन्दिर, थानापति वैरा महादेव मन्दिर लगायतका पर्यटकीय स्थलहरू भ्रमण गराउन सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४