Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेपाल पर्यटन बोर्डका कर्मचारीलाई कारबाही माग गर्दै पोखराका डेढ दर्जन संस्था प्रमुखले उजुरी दिएका छन् “


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 4.6K
    SHARES

काठमाडौं । नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयका कर्मचारीहरुले काम नगरेका भन्दै गण्डकी प्रदेशमा क्रियाशील डेढ दर्जन संस्थाका प्रमुखहरूले कारबाहीको माग गरेका छन् । नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा उजुरी दिँदै उनीहरूले कर्मचारीहरूले पर्यटन विकासमा कुनै काम नगरेका र बोर्डलाई नै निष्क्रिय राखेको आरोप लगाएका छन् ।

कार्यालय प्रमुख काशीराज भण्डारी, कर्मचारीहरू नवीन पोखरेल र कुन्दन शर्मालाई तत्काल विभागीय कारबाही गरी नयाँ कर्मचारी पठाउन संघ संस्थाको माग रहेको छ । अधिकांश संघ संस्थालाई दिनुपर्ने रकम बोर्डले विना कारण रोकेर राखेको आरोप उनीहरूको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले नयाँ कर्मचारी पठाएर भुक्तानी बाँकी रकम निकासा दिनुपर्ने बताएका छन्  । कर्मचारीले नियतवश बोर्डलाई निष्क्रिय बनाउन खोजेको, राज्यको सुविधा लिए पनि आफ्नो दायित्व पूरा नगरेको श्रेष्ठको आरोप रहेको छ ।

‘काम गर्नुस् भन्ने तर कार्यक्रम सम्पन्न भएपछि विभिन्न बाहनामा भुक्तानी नदिने र प्रक्रिया नै अगाडि बढाएको पाइएन,’ उनले भने, ‘यसमा कर्मचारीको बदनियत छ । व्यवसायीको हितमा काम गर्न खोलिएको संस्थाले कसरी व्यवहार गर्ने र गरिएका कामका बारेमा समेत अख्तियारमा उजुरी हाल्छु भनेर धम्की दिने गरेको आरोप व्यवसायीको छ ।

कर्मचारीले बोर्ड सदस्य, कार्यकारी प्रमुखको बारेमा जथाभाबी गाली गर्ने र बोर्डले गरेको निर्णय गल्ती रहेको भन्दै जथाभाबी बोल्ने गरेको आरोप उनीहरूले लगाएका छन् । श्रेष्ठसँगै पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, रेवान पोखरा, टान, नाट्टालगायत १७ संस्थाले उजुरी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४