वडाको अङकुरण कृषक समुहद्वारा सञ्चालित उक्त कार्यक्रमको सार्वजनिक सुनुवाई गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम सम्पन्न भएपछि समुहले सार्वजनिक कार्यक्रम गरेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (प्रदेश सरकार)को २५ लाख अनुदानमा विभिन्न ८ वटा कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिइएको छ ।
सार्वजनिक सुनुवाईमा प्रतिवेदन प्रस्तुत गर्दै समुहका नबिन भुजेलले प्रदेशको ७५ प्रतिशत अनुदान र समुहको २५ प्रतिशत गरी कुल ३५ लाख बराबरको कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।
समुहको प्रतिवेदन अनुसार गोठ सुधार तथा खोर निर्माणका लागि १८ लाख २० हजार, च्यापकटर खरिद तथा ढुवानी तर्फ ७ लाख ४० हजार ५ सय बराबरको काम गरिएको छ ।
त्यस्तै ७ लाख ६७ हजार ८ सय बराबरको दुध चिस्यान मेसिन, जेनेरेटर तथा आवश्यक मेसिन तथा उपकरण खरिद गरिएको छ ।
यसैगरी पशु आहार घाँस खेती कार्यक्रम, पशु स्वास्थ्य सेवा (टिट डिपिरिङ्ग) कार्यक्रम र कृषक क्षमता अभिवृद्धि तालिमका लागि ५० हजारका दरले जम्मा १ लाख ५० हजार बराबरको काम गरिएको छ ।
त्यस्तै सार्वजनिक सुनुवाईका लागि २५ हजार र अनुगमनका लागि रु १० हजार गरी जम्मा कार्यक्रम खर्च ३५ लाख ८ हजार ३ सय खर्च भएको समुहका अध्यक्ष खड्ग कुमार मगरले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाईको अवसरमा बोल्दै वडा अध्यक्ष कृष्ण मगरले कृषि तथा पशु विकास कार्यक्रमको क्षेत्रमा वडामा भईरहेका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा पशु सेवा कार्यालय धनकुटाका प्रमुख लोकनाथ ढुंगाना,भुमि व्यवस्थापन प्रदेश मन्त्रालयका अधिकृत दिपक बाबु सिंहलगायतको सहभागितामा सम्पन्न कार्यक्रममा कृषि समुहमा आबद्ध २६ कृषकमध्ये यस कार्यक्रमबाट प्रत्यक्ष रुपमा १८ कृषकहरु लाभान्वित हुने पालिकाका भेटेरेनरी अधिकृत राजकुमार राईले जानकारी दिनुभयो ।