काठमाडौँ । राष्ट्रपति निर्वाचनमा प्रदेशतर्फ ३२ सांसद अनुपस्थित रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भएको मतदानका क्रममा प्रदेशतर्फका कुल ५५० सांसदमध्ये ५१८ सांसद मात्रै मतदान प्रक्रियामा सहभागी भएका हुन् ।
