Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुम्बईको भांडुपस्थित कोभिड अस्पतालमा आगलागी हुँदा १० को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 5K
    SHARES

मुम्बई । छिमेकी राष्ट्र भारतको मुम्बईको भांडुपस्थित एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १० को मृत्यु भएको छ ।

भारतमा तीब्र रुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परिरहेको समयमा शुक्रबार (आज) मुम्बईको भांडुपस्थित एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १० को मृत्यु भएको हो ।

आजै दिउँसो त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले घटनास्थल पुगेर घटनामा संलग्न दोषीहरुविरुद्ध शख्त एक्शन लिन निर्देशन दिएका छन् ।

उक्त अस्पतालको बारेमा गरिएको विभिन्न प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री ठाकरेले भनेका छन्, ‘यो कोरोना महामारीको समयमा तयार गरिएको थियो । यस अस्पतालले जुन–जुन अनुमति पाएको थियो, त्यो ३१ मार्चमा सकिदै थियो । तर, त्यस अगाडि नै यो भयानक दुर्घटना भयो ।’

त्यस्तै, मुख्यमन्त्री ठाकरेका अनुसार अन्य ठाउँबाट नै आगो सल्किएर आस्पतालमा फैलिएकाले भयानक आगलागी भएको हो । एक जानकारका अनुसार सुरुमा माँलमा आगालागी भएको थियो । सोही आगो फैलिएर अस्पतालमा आगालागी भएको हो ।

मुख्यमन्त्री ठाकरेले मृतकको परिवारलाई पाँच÷पाँच लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका छन् । उनका अनुसार उक्त आगलागीबाट ज्यान गुमाएकाहरु भेन्टिलेटरमा उपचाररत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४