सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ। सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।