Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर १२ करोड र अमेरिकामा मात्रै ३ करोड व्यक्ति कोरोना संक्रमित, २६ लाखबढीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 3K
    SHARES

काठमाडौं,/ विश्वव्यापी महामारी कोराना भाइरसबाट विश्वमा अहिलेसम्म १२ करोडभन्दा बढी व्यक्ति संक्रमित बनेका छन् । कोरोना–१९ बाट करिब २६ लाख ६० हजार व्यक्तिको मृत्यु भएको वर्डो मिटर डटकमले जनाएको छ ।

यस महाब्याधीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा मात्र संक्रमित हुनेको संख्या ३ करोड ४३ हजार नाघेको उक्त वेबसाइटले जनाएको छ । कोरोना नियन्त्रणका लागि अनेकन प्रयास गर्दा पनि अमेरिकामा अहिलेसम्म ५ लाख ४६ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

९ करोड ६५ लाख व्यक्तिले कोरोना भाइरसलाई जित्दा विश्वमा अझै पनि करिब २ करोड ९ लाख व्यक्ति भाइरस बोकेरै बाँचिरहेका छन् । जसमा करिब ९० हजारको संख्या गम्भीर रहेको जनाइएको छ ।

अमेरिकापछि धेरै प्रभावित बनेको राष्ट्र ब्राजिलमा एक करोड १४ लाखभन्दा धेरै मानिसलाई संक्रमण हुँदा दुई लाख ७७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यस्तै, तेस्रो प्रभावित देश भारतमा एक करोड १३ लाखभन्दा व्यक्ति संक्रमित हुँदा एक लाख ५८ हजारभन्दा बढीको मृत्यु भएको उक्त वेबसाइटले उल्लेख गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४