Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ वर्षपछि नारायणहिटी संग्रहालयभित्रको सिनेमा हल सञ्चालनमा आउँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 3.7K
    SHARES

२०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको बताइएको छ। दरबारभित्रको यस सिनेमा हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्ने पाउने बताइएको छ ।

शाहीकालमा तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न भनेर २०२६ सालमा उक्त सिनेमा हलको निर्माण गरिएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनुअघि २०५८ सालसम्म यो सिनेमा हल निरन्तर चलिरहेको थियो। तर, दरबार हत्याकाण्डपछि यस सिनेमा हल पूर्ण रुपमा बन्देज भएको थियो ।

यसरी आगामी वैशादेखि दरबारभित्र रहेको यो हलमा बजारमा चल्ने फिल्म हेर्न नपाइने तर, दरबार संग्रहालय घुम्न लिइएको टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको जनाइएको छ।

वैशाखमा तत्कालीन राजा वीरेन्द्रले शुभराज्याभीषेकमा प्रयोग गरेको बग्गी सर्वसाधारणका लागि प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ । यस्तै, राजा वीरेन्द्रको विवाहको भिडियो खिचेको रिल पनि रहेकोले त्यो पनि देखाउने तयारी गरिएको जनाइएको छ।

दरबारभित्र सिनेमा हलको क्षमता एक सय जनाभन्दा बढी अट्ने जनाइएको छ। तत्कालीन राजा सहभागी रहेका देशविदेशका महत्वपूर्ण कार्यक्रमका भिडियोहरूको रिल पनि सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४