Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ला लिगा : रियाल मड्रिड विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 10.3K
    SHARES

काठामडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एल्चेलाई २–१ ले हराएको छ । आफ्ने मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले निर्णायक प्रदर्शन गरे ।

खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिएका थिए । तर साविक विजेता रियालका बेन्जमाले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै रियाल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियालले २७ खेलबाट ५७ अंक जोडेको छ ।

समान खेलबाट ६३ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ । गएराति भएको खेलमा एथ्लेटिकोलाई गेटाफेले गोलरहित बराबरीमा रोकेको छ । ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले भ्यालेन्सीयालाई १–० ले हराउँदा डेपोर्टीभो आलाभेज र काडिजले एक एक गोलको बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४