Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘क्वार्ड’ समूह राष्ट्रहरुले १ अर्ब डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 3.7K
    SHARES

काठमाडौं । अमेरिका, भारत, अष्ट्रेलिया र जापानले सन् २०२२ को अन्त्य सम्ममा एशियामा १ अर्ब भन्दा बढी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आर्थिक सहायता गर्ने प्रतिवद्धता जनाएका छन् ।

चार शक्तिशाली राष्ट्रहरुको समूह क्वार्डको सम्मेलनमा ती राष्ट्रहरुले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । ती राष्ट्रहरुले खोप निर्माण, वितरण क्षमता विस्तार र आर्थिक सहयोगका लागि प्रतिवद्धता जनाएका हुन् ।

दक्षिणपूर्वी एशियामा चीनमा उत्पादन भएको खोपको प्रभाव बढेको भन्दै ती राष्ट्रहरुले एशियामा आफूहरुले निर्माण गर्ने खोप वितरण गर्न सहमति जनाएका हुन् । एशियासहित विश्वभर चीनको खोप कुटनीति बलियो बन्दै गएको भन्दै ती राष्ट्रहरुले खोपमा भएको चीनको एकाधिकार तोड्न सहमति जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

यी राष्ट्रहरुमध्ये भारत सबैभन्दा धेरै खोप उत्पादन गर्ने राष्ट्र हो । केही दिअघि भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगालले चार राष्ट्रले आफ्नो स्रोत साधनको प्रयोग गरेर खोप उत्पादन, भण्डारण र वितरण क्षमता बढाउन सहमति भएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४