काठमाडौँ, १४ चैत, एएफसी एसियन कप फुटबलको अन्तिम खेलमा नेपाल यमनसंग २–१ ले पराजित भएको छ ।
कतारको दोहामा भएको खेलमा नेपाललाई पराजित गर्ने क्रममा यमनका लागि खेलको २३ औँ मिनेटमा अब्दुल वासियालाई पहिलो गोल गरे । ४५ औँ मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर खेलको ८३ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनका लागि अब्दुल वासियाले अग्रता दोब्बर बनाए । नेपालका विराज महर्जनले फल खेलेपछि यमनले पाएको पेनाल्टीलाई वासयियाले गोल गरेका थिए ।
नेपालले यमनलाई अहिलेसम्म हराउन सकेको छैन । नेपालमा भएको पहिलो लिगको खेल भने गोलरहित बराबरी भएको थियो ।
नेपाल रहेको समूहबाट फिलिपिन्स र यमन एएफसी एसियन कपका लागि छनोट भएका छन् । नेपाल र ताजिकिस्तान छनोट चरणबाटै बाहिरिएका छन् ।