काठमाडौं, / प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत पुगेर फर्कनुभएको छ। बिहीबार बिहान सर्वोच्च पुगेर लिखित जवाफ दिएपछि १२ बजे फर्कनुभएको जनाइएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालत परिसरमा पत्रकारहरुसँगको कुराकानीमा भन्नुभएकाे छ, ‘उहाँले स्वयं उपस्थित भएर आफ्नो लिखित जवाफ पेश गर्नु भएको छ । प्रधानमन्त्रीले लिखित जवाफ मात्र पठाउनु भएको भए पनि हुन्थ्यो, तर लिखित जवाफसहित उहाँ आफैँ उपस्थित भएर अदालतप्रतिको आफ्नो उच्च सम्मानलाई पनि प्रस्तुत गर्नु भएको छ ।’
प्रधानमन्त्री ओलीविरुद्ध माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए । प्रधानमन्त्रीले अधिवक्ता भण्डारीलाइ ‘बाजे वकिल’ र उक्त मुद्दाकाे बहसलाइ ‘तमासा’ भन्नुभएकाे थियाे ।
जवाफकाे पूर्णपाठ :