Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने ओली समुहको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । आजको बैठकमा सरकारका तर्फबाट केही विधेयक टेबुल गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको छैटौँ अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते अन्त्य भएको थियो । पछिल्लो अधिवेशन अन्त्य भएको ६ महिना भित्रै अर्को अधिवेशन आवश्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

छैटौं अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भइसकेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित अवस्थामा छ ।

नेकपा समूहमा विभाजन भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ । नेकपा विभाजनको असर प्रदेशमा पनि देखिएको छ ।

प्रदेशमा दाहाल नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ । ओली समुहका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको बर्खास्तगी परेका छन् भने आर्थिक मामिलामन्त्री झपडबहादुर बोहराले राजीनामा दिएका छन् ।

प्रदेशका ५३ सांसदमध्ये नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना छन् । नेकपाका ३९ सांसदमध्ये ओली समुहका ७ जना मात्र छन् ।

ओली समुहले प्रतिपक्षसँग मिलेर मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४