पछिल्लो २४ घण्टामा ३ हजार ३०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ६८ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २८ जना महिला र ४० जना पुरुष गरी ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ६ सय ८४ पुगेको छ ।
३ हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १ सय ५ जना संक्रमित थपिए
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ८८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ८८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार ५९४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ सय २ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख ७१ हजार ७ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।