Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रेलरमा यस्तो देखियो करिष्माको ‘हिरोज्’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 5.8K
    SHARES

हिरोज्’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रम गर्दै फिल्मले ट्रेलर रिलिज गरेको हो। फिल्मका निर्देशक एन बि महर्जन हुन्। कार्यक्रममा ट्रेलरसँगै फिल्मका चार गीत पनि देखाइएको थियो।

फिल्ममा करिष्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राना, कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, दिनेश डिसी आदिको अभिनय रहेको छ। चैत २३ गते रिलिज हुने फिल्मलाई नायिका पूर्णिमा लामाले निर्माण गरेकी हुन्।

फिल्ममा बेरोजगारीको पीडा, मानव बेचबिखन, सामाजिक भेदभाव र न्यायका लागि संघर्षको कथा प्रस्तुत गरिएको जानकारी कार्यक्रममा दिइयो। कार्यक्रममा अभिनेत्री करिश्माले आफूलाई फिल्मको स्क्रिप्ट निकै मन परेर खेलेको बताइन् ।

कार्यक्रममा निर्देशक महर्जन भने उपस्थित थिएनन् । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्म शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । जय लक्ष्मी फिल्मको ब्यानरमा निर्मित ‘हिरोज’ को निर्मातामा नायिका पूर्णिमाबाहेक युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४