Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ५ २०७७
  • 5K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकाका कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६.४९ प्रतिशत हो ।

उनीहरुमध्ये ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् ।

उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा छ । यहाँ हालसम्म ८१ हजार ५८८ जना छन् । उनीहरुमध्ये ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् ।

यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ११ हजार ९४८ जना छन् । उनीहरुमध्ये ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् ।

भक्तपुरमा हालसम्म ७ हजार ३३६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४